बढ्यो सुनको मूल्य चाँदीको स्थिर
पोखरा
नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा आठ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलाको १ लाख १ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार छापावाल सुन १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य शुक्रबार १ लाख १ हजार ३०० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।