आज मंगलबार बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १६ सय रूपैयाँले बढेको छ।
आज छापावाल सुन एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, चाँदीको मूल्य पनि आइतबार ४५ रूपैयाँले बढेर १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।