पूर्वी नवलपरासी: कुमारवर्तीको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी 



पोखरा

पूर्वी नवलपरासीको सबैभन्दा जेठो कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भारी मतान्तरले नेविसंघको प्यानल विजयी भएको छ ।

सभापतिमा नेविसंघका सुदिप चापागाईं, सचिवमा कुमार सिंजाली मगर, कोषाध्यक्ष वर्षा खरेल निर्वाचित भएका छन् ।चापागाईंले २ सय २९ मत ल्याउँदा प्रतिस्पर्धी अनेरास्ववियुका गौरव अधिकारीले ३९ मत पाए । यहाँ नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनावमा होमिएका थिए । निर्वाचन समितिका अनुसार यहाँ विजयी टिमले दुई तिहाईभन्दा बढी मत ल्याएको छ ।

सदस्यहरुमा सिर्जना श्रेष्ठ, कृष्ण रिजाल, अखिल (क्रान्तिकारी)की लोकमाया दर्लामी विजयी भएका छन् । कावासोतीकै मध्यबिन्दु बहुमुखी क्याम्पस र देवचुली क्याम्पस रजहरमा मतगणना जारी छ । यसअघि नै तीनवटा क्याम्पसमा निर्विरोध समिति चयन भैसकेको छ । कालिका बिद्यापिठ, एसपिएम कलेज गैंडाकोटमा नेविसंघको प्यानलनै निर्विरोध भैसकेको छ भने अरुणखोला बहुमुखी क्याम्पसमा गोला तानेर निर्वाचन परिणाम घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja