पोखराको अमरसिंह मावि देशकै नमुना विद्यालय भएको दावी



पोखरा

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अमरसिंह नमूना मावि देशकै नमुना विद्यालय भएको दावी गरेका छन् ।

अमरसिंह नमुना माविको ६७औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका मेयर आचार्यले यस्तो दावी गरेका हुन् । विद्यालयहरूले शैक्षिक गुणस्तर वृद्धिमा लागिरहनुपर्नेमा जोड दिंदै आचार्यले महागरपालिकाबाट विद्यालय वर्गीकरणको अन्तिम तयारी भएको जानकारी दिए ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले विद्यालयप्रति सबैले अपनत्व भावना राख्नुपर्ने बताए ।शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायणप्रसाद सुवेदीले समयसापेक्ष शिक्षा हुनुपर्नेमा जोड दिए । विद्यालय संस्थापक सदस्य सुवेदार इन्द्रबहादुर गुरुङले संस्थापक मेजर वीरसिं गुरुङ र जग्गादाता देवराज घिमिरेको प्रतिमा राख्नुपर्ने बताए ।

समारोहका अध्यक्ष तथा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले अब छिट्टै नै व्यवस्थापन समितिले पूर्णता पाउने दावी गरे । विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक तेजस्वी बरालले भावी कार्यक्रमबारे प्रकाश पारे । कार्यक्रममा व्यवस्थापन समिति सदस्य बलराम ढुंगानाले स्वागत तथा शिक्षकद्वय यामबहादुर थापा र उदयराज पोखरेलले सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थापक डा. देवी गुरुङ, भीमलाल लामिछाने, शशीधर पराजुलीलगायतले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए भने विद्यार्थीले सांस्कृतिक प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja