आज बुधबार बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ।
आज छापावाल सुन १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार रूपैयाँमा कारोबार भएको थियो।यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, बुधबार चाँदीको मूल्य पनि १० रूपैयाँले बढेर १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।