गण्डकी प्रदेश प्रमुखमा शेरचनलाई सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय
पोखरा
माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।
माओवादी केन्द्रको मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्रको केन्द्रिय कायालयका सचीव श्रीराम खनालले जानकारी दिएका छन ।