तनहुँ-१: एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता
पोखरा
तनहुँ-१ मा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट सर्वेन्द खनालले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् । मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि वैशाख १० गते तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ ।
खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन् । हालसम्म तीन दलले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेरर उम्मेदवारी दर्ता गराएका छन् । नेमकिपाका तर्फबाट रामप्रसाद प्रजापति र राष्ट्रिय जनमुक्तिका तर्फबाट पूर्णबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् ।