रास्वपाका सभापति रवि लामिछानेको उम्मेदवारी कायम



पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कामय भएको छ ।

वैशाख १० गतेका लागि तोकिएको चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा उम्मेदवारी दिएका लामिछानेको उम्मेदवारी कायम भएको हो । लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटा उजुरी दर्ता भएका थिए ।

उमेदवार तथा उमेदवारका प्रतिनिधिले तीन वटा र काठमाडौँबाट युवराज पौडेल (सफल)ले इमेलमार्फत एउटा उजुरी दर्ता गरेका थिए । लामिछानेले अमेरिकी आवासीय पत्र त्यागेको ३ महिना नपुग्दै चितवन–२ मा उमेदवारी दर्ता गरेको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको थियो । निर्वाचन अधिकृतको कार्यालय भरतपुरले लामिछानेको उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja