आज मंगलबार घट्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ। आज छापावाल सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले घटेर एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।