भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य
पोखरा
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको विवरण पठाएको छ । निगमका अनुसार पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा र डिजेलमा चार रुपैयाँ ११ पैसा घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य पठाएको हो । निगमले स्वचालित विधिबाट मूल्य घटाउँछ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।