पोखराको मालेपाटनमा क्रेनको ठक्करबाट एक महिलाको मृत्यु
पोखरा
पोखरामा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.४ लाहचोककी ३८ बर्षीया धना अधिकारी रहेकी छन् । पोखरा महानगरपालिका वडा नं. ५ मालेटनस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि ग१क ५८०५ नं. को क्रेनले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी अधिकारीलाई तत्कालै गण्डकी मेडिकल कलेज पुर्याइएको र चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । स्थानीयका अनुसार अधिकारी जेब्राक्रसबाट बाटो काट्दै गरेको अवस्थामा क्रेनले ठक्कर दिएको थियो ।
घटनापछि अधिकारीका आफ्न्तजनले गण्डकी मेडिकल कलेज अगाडि करिब तीन घण्टा पृथ्वीचोक, महेन्द्रपुलका सडक अवरोध गरेका थिए । सोक्रममा आन्दोनरत पक्ष र प्रहरीबीच झडप पनि भएको थियो । प्रहरीले क्रेनसहित चालकलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।