आज मंगलबार बढ्यो सुनको मूल्य
पोखरा
नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ।
आज छापावाल सुन १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख १० हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, चाँदीको मूल्य भने आजपनि स्थिर रहँदै तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।