घट्यो सुनको मूल्य
पोखरा
नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ।
आज छापावाल सुन १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।