बलात्कार कसुरमा एक अभियुक्तलाई साढे नौ वर्ष कैद सजाय
पोखरा
बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका-५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यकोे इजलासले उक्त फैसला गरेको हो । अदालतले पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । पीडितलाई विकले विसं २०७७ असार २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालय डुम्रेमा उजुरी दिएका थिए । प्रहरीले विकलाई विसं २०७७ असार २४ गते पक्राउ गरेको थि