आज मंगलबार घट्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ८ सय रुपैयाँले घटेको छ।
आज छापावाल सुन १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।