‘अखण्ड भारत’को नक्सा स्वीकार्य हुनेछैन : रास्वपा
पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतले हालै उद्घाटन गरेको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नाममा राखिएको नक्साप्रति ध्यानाकर्षण गरेको छ।
रास्वपाले एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम स्वीकार्य नहुने बताएको हो। त्यस्तै, रास्वपाले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनतासमक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेको छ।