आज बिहीबार बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम भइरहेको छ। यसैगरी, बिहीबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।