आज शुक्रबार पनि बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार पनि सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।आज तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ। यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।