आज मंगलबार बढ्यो सुनचाँदीको मूल्य
पोखरा
नेपाली बजारमा आज मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेको छ।आज छापावाला सुन एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार छापावाल सुन एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजावी सुन एक लाख ११ हजार ९५० मा कारोबार भइरहेको छ। यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।