आज शुक्रबार घट्यो सुनचाँदीको मूल्य
पोखरा
सुनको भाउ लगातार चार दिन घटेको छ ।
गत मंगलबार प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको मूल्य त्यसयता पनि लगातार घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि बिहीबार सुनको मूल्य १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख ९ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५०० रुपैयाँले घटेको थियो । त्यस्तै, चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएकोले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो ।