साफ यू–१५ फुटबल: नेपाल विजयी



पोखरा

भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ । भारतको कल्याणी रङ्गशालामा भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हराएको हो ।

यसअघि नेपालले श्रीलङ्कालाई २–० गोलले हराएको थियो । बङ्गलादेशसँगको खेलमा नेपालका लागि क्रिशन अधिकारी यादवले दुई तथा सुगन जिमी र प्रदीप लम्सालले एक/एक गोल गरे । बङ्गलादेशका लागि मियाँले सान्त्वना गोल गरे । जितसँगै नेपाल तीन खेलबाट छ अङ्कका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

तेस्रो स्थानमा झरेको बङ्गलादेशले पनि तीन खेलबाट छ अङ्क नै बटुलेको छ । अब नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० गोलले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भुटान सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja