मेक्सिको बारमा २३ को मृत्यु



पोखरा

मेक्सिकोको पूर्वी क्षेत्रमा रहेको एउटा बारमा भएको घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार राति भएको सो घटनामा परेर अरु १३ जना सिकिस्त घाइते भएका छन् । घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको अधिकारीहरुको भनाइ छ ।

कोट्जाकोल्कोस शहरमा घटना भएको हो । “क्रुर व्यक्तिहरुले गोलावारी गरेर घटना भएको हो,” स्थानीय सरकारी अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । घटनामा परी मृत्यु भएका र घाइते भएकाहरुका आफन्त घटनास्थलमा विक्षिप्त अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटना भएको बारमा काम गर्ने एक महिलाले आत्तिदै र चिच्याउँदै भन्दै थिइन्, “मेरो छोरो ठिक छ की छैन, उस्लाई केही भएको छ की छैन ?” बारमै रहेका उनको छोरो पनि घाइते भएपछि अस्पताल लगिएको थियो । घाइतेहरुलाई उद्धार गर्न प्रहरीको ठूलो टोली आएको थियो ।

घटना भएको क्षेत्र देशमै अत्यधिक धेरै हिंसात्मक घटना हुने क्षेत्रका रुपमा चिनिने गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja