भवन र रङमा एकरुपता



पोखरा

रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत गरेको भन्दै व्यवसायीले त्यसको स्वागत गरेका छन् ।

सौराहाको प्राकृतिक सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीसँग सहकार्य गरी भवन निर्माण र रङमा एकरुपता लयाउन लागेको हो । छ महीनाअघि लागू गरिएको मापदण्डमा साढे दुई तल्लाभन्दा माथि भवन निर्माण गर्न नपाउने र सबै भवनमा वातावरणमैत्री रङ लगाउनुपर्ने अनिवार्य गरिएको नगर प्रमुख नारायण वनले जानकारी दिनुभयो । “यो व्यवसायीलाई समस्यामा पार्न गरिएको काम होइन”, उहाँले भन्नुभयो, “सौराहालाई आर्कषक बनाउन शुरु गरिएको अभियान हो ।”

भवन निर्माण मापदण्ड कार्यान्वयनका लागि नगरपालिकाले बिहीबार सौराहाका व्यवसायीसँग छलफल गरेको छ । सो अवसरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालले भवन निर्माण मापदण्डले सौराहाको महत्व जीवन्त राख्ने बताउनुभयो ।

सौराहामा १२० होटल र ८० रेष्टुराँ रहेका छन् । नगरपालिकाले होटल सञ्चालनका लागि बनाउने भवनको जग्गाको क्षेत्रफल र खुला क्षेत्रसमेत निर्धारण गरी एकदेखि दुई कट्ठामा भवन बनाउँदा ६० प्रतिशत खुला क्षेत्र, दुईदेखि चार कट्ठामा भवन निर्माण गर्दा ५० प्रतिशत खुला क्षेत्र र चार कट्ठामाथि भवन बनाउँदा ४० प्रतिशत खुला क्षेत्र हुनुपर्ने अनिवार्य गरेको छ । रेष्टुराँको हकमा जग्गाको क्षेत्रफल छ घुरदेखि एक कट्ठासम्म ६० प्रतिशत खुला क्षेत्र र एक कट्ठाभन्दा माथि ५० प्रतिशत खुला क्षेत्र हुनुपर्ने छ ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरे, नगर उपप्रमुख विमला दुवाडी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख नारायण काफ्ले, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख रामकुमार अर्याल, प्रहरी उपरीक्षक दानबहादुर मल्ल, वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल, होटल सङ्घ नेपालका केन्द्रीय सदस्य ज्ञानेन्द्रकुमार विष्ट, रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मी, प्रहरी नायब उपरीक्षक भावेश रिमाल, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, व्यवसायी धु्रव गिरी, सुवासचन्द्र गौतम, गिरिधारी चौधरी, टीका गिरीलगायतले आआफ्नो राय दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja