तेजाब प्रकरणः थप उपचारका लागि काठमाडौँ सिफारिस



पोखरा

तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारको लागि आज अपराह्न काठमाडौँ पठाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–३ छपकैया निवासी मुस्कान खातुनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँको कीर्तिपुर अस्पतालमा पठाइएको हो ।

खातुनमाथि तेजाब प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया–२ निवासी संसाद मियाँले प्रेम प्रसङ्गको कारण आफूले तेजाब प्रहार गरेको बयानमा स्वीकार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माका अनुसार मजिद आलमले मुस्कानुलाई प्रेम गरेको र उनको प्रेमलाई मुस्कानले स्वीकार नगरेको कारण आफूले घटना गराएकोे संसादले बयानमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja