त्रिविद्वारा तालिका सार्वजनिक भइसकेको परीक्षा नरोक्ने निर्णय



पोखरा

आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले तालिका सार्वजनिक भइ भदौ ५ गतेसम्मका परीक्षाहरू नरोक्ने निर्णय गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा सह नियन्त्रक घनश्याम ठाकुरले अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने  बताए ।

उनका अनुसार स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा हाल सञ्चालनमा छन् । केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुने उनको भनाइ छ ।

निषेधाज्ञा भएका जिल्लामा पनि विद्यार्थीलाई परीक्षा केन्द्रसम्म जाने व्यवस्था मिलाउन त्रिविले समन्वय गरिरहेको ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja