अफगानिस्तानका सैनिक प्रमुख हटाइए
पोखरा
तालिबान लडाकुले देशका ३४ प्रान्तमध्ये ९ वटा प्रान्तका राजधानी कब्जा गरेपछि अफगान सरकारले अफगानिस्तानका सैनिक प्रमुख जनरल वली मोहम्मद अहमदजईलाई हटाएको हो ।
सरकारले नयाँ सैनिक प्रमुखमा जनरल हिबातुल्लाह अजिजेईलाई नियुक्त गरेको छ ।
गत जुन महिनामा नियुक्त उनलाई सुरक्षा व्यवस्था मजबुद बनाउन नसकेको आरोप लगाउँदै हटाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।