पोखराबाट अवैध लागु औषध खैरो हिरोइनसहित तीन जना पक्राउ
पोखरा
कास्की प्रहरीले जिल्लामा अवैध लागु औषध ब्राउन सुगर (खैरो हिरोइन) को कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार राति अन्दाजी ११ बजेको समयमा पोखरा-२६ विजयपुरस्थित शान्तिमार्गबाट लागु औषध ब्राउन सुगरसहित पोखरा महानगरपालिका -२६ विजयपुर बस्ने २५ वर्षीय आगमन राई, कास्की माछापुच्छ्रे गाउँपालिका -४ स्थायी घर भई हाल सोही ठाउँ बस्ने १९ वर्षीय सुरज रानाभाट र पोखरा -८ नयाँबजार बस्ने ४० वर्षीय मनसुराम सुनारलाई पक्राउ गरेको कास्कीका निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए।
केसीका अनुसार विजयपुरस्थित शान्तिमार्गमा शंकास्पद अवस्थामा हिंडिरहेका उनीहरुलाई चेक जाँच गर्दा प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर (खैरो हिरोईन) ७ ग्राम ५७५ मिलिग्राम, नगद १० हजार र मोवाइल दुई थान वरामद गरेको हो।
उनीहरुमाथि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।