पोखराको नदीपुरमा नागरिकले रकम संकलन गरि बनाइदिए दुई तले आधुनिक प्रहरी बिट
पोखरा
पोखराको नदीपुरमा नागरिक सहयोगमा दुइ तले प्रहरी भवन निर्माण भएको छ । वि.सं. २०३६ सालमा बनेको टिनको टहरालाई विस्थापित गर्दै उक्त भवन बनाइएको हो । भवन निर्माण हुँदा नहरको मापदण्ड मिचिएको भएपनि नागरिक सुरक्षासंग जोडिएको हुनाले वडाले उक्त भवन बनाउन स्विकृति दिएको वडाध्यक्ष प्रजुले बताए ।
६ कोठे भवनको पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजुले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
उक्त भवन निर्माणका लागि ३७ लाख रुपैयाँ संकलन गरिएको अर्थ संकलन भएको गाएक भाष्करध्वज श्रेष्ठले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि ३४ लाख रुपैयाँ भवन निर्मांण गर्न र बाँकी तीन लाख रेलिङ लगायतका पूर्वाधार निर्माणमा खर्च गरिएको छ । सबैरकम दाताहरुबाटै संकलन गरिएको उनले बताए ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिस्ठानका संस्थापक अध्यक्ष प्रजापती पराजुलीले नागरिकको सहयोगमा भवन निर्माण गरिनु आफैमा महत्वपूर्ण रहेको धारणा राखे । काम गर्नेले जस पाउने र अबजस पाउने सामान्य रहेको उनको भनाई थियो ।
वडा नम्बर ३ की वडा सचिव चन्द्रवती वाग्लले जनताको शान्ति सुरक्षासंग जोडिएको पाटो रहेकाले वडाले यसमा साथ दिएको बताइन् । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक पालिखेले संकुचित बिचार लिएर विकास गर्न नसकिने भन्दै सबैले उदार भावना राख्नुपर्ने धारणा राखे ।
कार्यक्रममा वडा सदस्य लक्ष्मी पराजुली, महिला मिलन केन्द्रका अध्यक्ष लक्ष्मी अधिकारी लगायतले बोलेका थिए । भवन निर्माण समितिका अध्यक्ष सहदेव वानियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भवन निर्माण समितिका सचिव सनकलाल श्रेष्ठ लगायतले उक्त अबसरमा आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले प्रहरी विटका प्रमुख, प्रहरी हवल्दार गौतम श्रेष्ठले लिएको अग्रसरता र त्यसमा भएको साथ र सहयोगले भवन निर्माण सम्पन्न गर्न सफल भएको भन्दै उनको प्रशंसा गरेका थिए ।