रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट राखिने



पोखरा

पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि फ्लड लाइट राख्न लागिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष पाँच करोड रुपैयाँ विनियोजन गरेर काम सुरु गर्ने भएको हो । रङ्गशालाको काम तीन वर्षअघिदेखि सुरु भएकामा हाल निर्माण अन्तिम चरणमा पुगेको छ । एक अर्ब २८ करोड रुपैयाँको लागतमा निर्माण सुरु भइरहेको रङ्गशालामा सुरुआतमा फ्लड लाइट र स्कोर बोर्ड राख्ने योजना थिएन ।

अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिताका लागि रंगशालामा लाइट अनिवार्य छ। पोखराका खेलकर्मीले सुविधासम्पन्न फुटबल रंगशालामा बत्ती राख्ने व्यवस्था गर्न पटक पटक राखेपको ध्यानाकर्षण गराएका थिए।

लाइट राख्नका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन भएकाले यसै वर्ष बोलपत्र आह्वान भएर फ्लड लाइट जडानको काम सुरु हुने बताइएको छ । रङ्गशालाको चारै कुनामा बत्ती राखिने छ ।

अन्तर्राष्ट्रिय फुटबल रंगशालाको हालसम्म ९० प्रतिशत काम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja