आईसीसी महिला एकदिवसीय क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियालाई
पोखरा
आईसीसी महिला एकदिवसीय क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियाले जितेको छ ।
न्युजिल्याण्डको क्राईस्टचर्चमा आज भएको फाइनलमा अष्ट्रेलियाले इङ्ल्याण्डलाई ७१ रनले पराजित गरेको हो ।३ सय ५७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको इङ्ल्याण्ड ४३ ओभर ४ बलमा समेटिँदा मात्र २ सय ५ रन बनाउन सफल भयो ।
इङ्ल्याण्डलाई सस्तैमा समेट्न जेस जोनासन र अलाना किङ्गले ३–३ विकेट लिए । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा एलिसा हेलीले सर्वाधिक १ सय ७० रन र रेचल हेन्सले ६ रन जोडे ।
यो अष्ट्रेलियन महिला टोलीको सातौँ विश्व कप उपाधि हो ।