स्याङ्जाकोमा पसल चोरी गरी भागेका एक युवक पक्राउ 



पोखरा

स्याङ्जाको वालिङमा पसल फोरेर चोरी गरी भागेका सिराहाको गोलबजारका जनक भनिने राजेश कुमार दनुवार पक्राउ परेका छन् ।

प्रहरीका अनुसार दनुवार चैत्र ८ गते राति वालिङको रामबाच्छास्थित अलइनवन हाउसबाट मोबाइलसहितका सामाग्री चोरी गरी भागेका थिए ।  उनले मोवाइल लगायत अन्य सामाग्री गरी चार लाख ९६ हजार ६५० रुपैयाँध बराबरको चोरी गरी भागेका थिए । दनुवारलाई वडा प्रहरी कार्यालयको सक्रियतामा पक्राउ गरी स्याङ्जा ल्याइएको प्रहरी प्रमुख एसपी राजीव बहादुर बस्नेतले जानकारी दिए ।

चारीको घटनापछि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न सक्रियता बढाएको र सिसि टिभी लगायतको सहयोगमा चोरी गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको बस्नेतले बताए । 

प्रहरीले दनुवारलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । दनुवारलाई स्याङ्जा जिल्ला अदालत स्याङजाबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको छ ।

प्रहरीले दुवारको साथबाट विभिन्न कम्पनीका १५ थान मोबाइल, विभिन्न कम्पनीका हाते घडीहरु, स्पिकर, मनिटर, डाटाकेवल, मोबाईल चार्जर, चाबीको कभर, हाते घडीको फिता (चेन) लगायतका सामाग्रीहरु बरामद गरिएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja