पोखराको पावरहाउसबाट अवैध लागु औषधसहित एक युवक पक्राउ
पोखरा
कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं -३० पावरहाउसबाट लागु औषध सहित नवलपरासी बर्दघाट न.पा. वडा नं -१६ स्थायी घर भइ हाल पोखरा महानगरपालिका -६ लेकसाईड बस्ने १८ वर्षीय रन्जन सुनारलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरीको टोलीले पावरहाउस स्थित चेकजाँच गर्दा तनहुँबाट पोखरा तर्फ आउंदै गरेको बसमा सवार सुनारको साथबाट डाईजापाम -५० एम्पुल, फेनेरागन -५० एम्पुल र नुर्फिन–५० एम्पुल गरी जम्मा -१५० एम्पुल लागु औषध वरामद गरेको हो। उनीमाथि जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।