कास्कीमा फरार प्रतिवादी दुई वर्षपछि पक्राउ
पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले एक फरार प्रतिवादीलाई दुई वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ क्वालासोथर गाउँपालिका वडा नं. ८ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. १३ मियापाटन बस्ने वर्ष २१ का समिर गुरुङ रहेका छन् । कास्की प्रहरीका अनुसार कास्की जिल्ला अदालतले २०७७/१२/०३ गते चोरी मुद्धामा गुरुङलाई दुई महिना कैद सजाय तोकेको थियो ।
अदालतको आदेशसंगै उनी फरार रहेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको कास्की प्रहरीले जनाएको छ ।