तनहुँको माइली डाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु



पोखरा

तनहुँको व्यास नगरपालिका-१ माइली डाँडामा रेलिङले च्यापिएर सोही ठाउँ निवासी ५६ वर्षीया वसुन्धरा विकको मृत्यु भएको छ ।

ग१ख ५८७५ नम्बरको टिपरले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर दिई सोही रेलिङले च्यापिएर घाइते महिलाको आज उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

घाइते महिलालाई तत्कालै रत्नहरि अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो । उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको बताइएको छ । 

टिपर चालक म्याग्दे गाउँपालिका-६ घर भई व्यास-१ चारकुने बस्ने ४८ वर्षीय चेतकुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विरुद्ध सवारी ज्यान मुद्दामा आज अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja