तनहुमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ
पोखरा
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं -६ निवासी १९ वर्षीय रोशन मगरलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
मगरले बुधबारराति शुक्लागण्डकी -४ दुलेगौडास्थित होटल एण्ड लजमा लगेर जबर्जस्ती करणी गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।