पोखराका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न एमालेको माग
पोखरा
पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न नेकपा एमालेले माग गरेको छ।
वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो। प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिइएको हो।
दुवै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन्। वडा नम्बर ३१ मा १ सय ६१ मत अन्तरले नेपाली कांग्रेसका ढकनाथ कँडेल र वडा नम्बर १८ मा ३ मत अन्तरले नेपाली कांग्रेसकै शिवप्रसाद तिमिल्सिना विजयी भएका थिए।