मिस नेपालमा २४ जना प्रतिस्पर्धी भिड्दै
पोखरा
मिस नेपाल २०२२ का अन्तिम २४ जना प्रतिस्पर्धी घोषणा भइसकेका छन् ।
गत आइतबार आयोजित ‘सास सेरेमोनी’ मा प्रतिस्पर्धीलाई ब्याच अंकसमेत प्रदान गरियो । ग्रान्ड फिनाले आउन तीन साता बाँकी रहँदा अन्तिम प्रतिस्पर्धी तय भएका हुन् । पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनलका विजयी सुन्दरीले ब्याच प्रदान गरे ।
यसपटकको मिस नेपालमा आयुषनोभा सहित ५ जना चिकित्सक सुन्दरीले भाग लिएका छन् । हिडन ट्रेजरले आयोजना गर्ने यस वर्षको मिस नेपालमा देशभरबाट झन्डै ८ सय जनाले आवेदन दिएका थिए ।
जसबाट १ सय ९६ जना छनोट गरिएको थियो । त्यहिँबाट २४ जना प्रतिस्पर्धी छानिएका हुन् ।
अन्तिम २४ मा अनुष्का पौडेल , श्रीयांशु पिया , दिलाशा डोटेल , आश्रा श्रेष्ठ , आयुषनोभा ढुंगाना , आकृति शाह , मेरिका बाँस्कोटा , मानषी चन्द , स्मारिका शर्मा, श्रीया गजुरेल , सुस्मिता बोगटी , ममता ढकाल , ऐश्वर्या शाही ठकुरी , सरिषा श्रेष्ठ , अनुश्रुया डाँगी , ऋतुल पौडेल , प्रियंकारानी जोशी , यशस्वी श्रेष्ठ , रोज कँडेल, न्यान्सी खड्का , सोफिया श्रेष्ठ, आश्रुुति सुवेदी , गंगा गुरुङ र अस्मिता ढुंगाना रहेका छन् ।