पोखराको एनएमबी बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी
पोखरा
पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको छ ।
पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर बुधरबार राति रकम चोरी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए । उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए ।
चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो । बैंकले अघिल्लो दिन एटिएममा १७ लाख राखेकामा दुई लाख रुपैयाँ ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइएको छ ।
पोखरामा केही दिनयता बैंकको एटिएम मेसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन् ।