धादिङमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु



पोखरा

धादिङ निलकण्ठ नगरपालिका–४ रानागाउँ बेसीघरमा घरमाथिबाट आएको पहिरोले पुरिँदा ३० वर्षीया शर्मीला थापामगरको मृत्यु भएका छ।

यस्तै, अरुण खोलामा बाढी आउँदा पाँच वटा घरमा क्षति पुगेको छ। स्थानीय सुरेश राना र दिपेन्द्र रानाको घर पूर्ण रुपमा भत्केको छ भने राजकुमार राना, साहिँला राना र नारायण श्रेष्ठको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

पहिरोका कारण बन्द भएको धादिङ बेसी मलेखु–सडक डोजरले पहिरो हटाएपछि सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ। धादिङ बेसी–तिप्लिङ, धादिङ बेसी–खाल्टे–फोस्टार, धादिङ बेसी–सुनौलाबजार सडक खण्ड भने पहिरोका कारण अवरुद्ध रहेका छन्।

धादिङ बेसीबाट सल्यानटारतर्फ लगिएको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेकाले धादिङको ज्वालामुखी, गङ्गाजमुना, त्रिपुरासुन्दरी र गोरखाको केही भागमा समेत विद्युत् सेवा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। मर्मत गरी सेवा सञ्चालनमा आउन ३÷४ दिन लाग्ने नेपाल विद्युत् प्राधिकरण धादिङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja