बागलुङमा फेरी बढ्यो कोरोना सङ्क्रमण
पोखरा
बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ ।
बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायीसहित २० जनामा कोरोना देखिएको छ ।
लक्षण देखिएकामा गरिएको एन्टिजेन्ट परीक्षणमा उनीहरूलाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोनास्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ ।
जिल्लामा एक सातादेखि कोरोना सङ्क्रमित देखिन थालेका हुन् । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सचेतना अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोनाको नयाँ भेरियन्ट बढेको सन्दर्भमा सचेत रहन आग्रह गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन ‘बिए प्लस फाइब’ सहितको सङ्क्रमण नेपालमा बढिरहेको सन्र्दभमा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड केन्द्रले बुधबार रातिदेखि लागू हुने गरी भीडभाडमा कडाइ गरेको छ ।