पोखराबाट काठमाडौं उडेको जहाज ६ मिनेटमा नै पुनः पोखरा नै फर्काइयो
पोखरा
यति एयरलाइन्सको जहाजको इञ्जिनमा समस्या देखिएको छ ।
पोखराबाट काठमाडौंका लागि उडेको ६ मिनेटमा नै जहाज पुनः पोखरा नै फर्काइएको छ । विमानस्थल श्रोतका अनुसार उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए ।
विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको छ । सुवेदीका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो । उक्त जहाजमा ४५ जना यात्रु थिए ।
सुवेदीका अनुसार बिहान ८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो । टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो ।