चुनावको प्रचार १५ दिन मात्रै गर्न पाइने निर्देशिका जारी गरिने
पोखरा
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने गरी निर्देशिका जारी गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारी दर्ता मतदानभन्दा ३९ दिनअघि नै हुने भए पनि प्रचारको समय घटाइने जानकारी दिएका हुन् । उम्मेदवारी मनोनयन दर्ता भए पनि बाँकी २४ दिनसम्म के–के गर्न पाइने हो भन्ने कुरा पनि आयोगले नै बताउने उनले बताए ।