कांग्रेसको अभिमुखीकरण कार्यक्रम आज पनि जारी रहने
पोखरा
नेपाली कांग्रेसको अभिमुखीकरण कार्यक्रम आज पनि जारी रहने भएको छ ।
काँग्रेसले हिजोबाट स्थानीय तहमा पार्टीबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूलाई अभिमुखीकरण दिइरहेको छ । आज उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
महामन्त्री गगन थापाले घोषणापत्रबारे प्रशिक्षण दिने छन् भने विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे धारणा राख्ने जनाइएको छ ।