बाढीपहिरोले बेंसीसहर-चामे सडक क्षतिग्रस्त
पोखरा
लगातार भइरहेको वर्षाले बेसीसहर-चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडक क्षतिग्रस्त भएको छ ।
सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ । लमजुङ सदरमुकाम बेँसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयोजक सूर्यप्रकाश कतिलाले बताए।