दक्षिणी भियतनाममा भीषण आगलागीमा परी ३२ जनाको मृत्यु
पोखरा
दक्षिणी भियतनामको हो ची मिन्ह सिटी नजिकैको कराओके कम्प्लेक्समा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। मंगलबार राति प्रतिष्ठानको माथिल्लो तल्लामा आगलागी हुँदा ग्राहक र कर्मचारी अलपत्र परेका थिए।
चार जना दोस्रो र तेस्रो तल्लाबाट हाम फालेर ज्यान जोगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अलार्म बजेको केही समयमै अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।
अहिले १७ पुरुष र १५ महिलासहित ३२ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार आगलागीको समयमा भवनमा ६० जना यात्रु थिए।