पोखरामा जुवा खेल्दै गरेको अवस्थामा ८ जना पक्राउ
पोखरा
आइतबार बेलुका पोखरा महानगरपालिका–१३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँ देवघाट स्थायी वतन भई हाल कास्की पोखरा- १३ मियापाटन बस्ने घरधनी वर्ष ४४ की सुर्य कुमारी गुरुङ, सर्लाही घर भई हाल कास्की पोखरा- ११ रानीपौवा बस्ने वर्ष ३८ को ललित कुमार बस्नेत र वर्ष ३५ को रूपक बस्नेत, बागलुङ जैमिनीन- ७ घर भई हाल कास्की पोखरा- ११फुलबारी बस्ने वर्ष ४० को दिपक खड्का, कास्की पोखरा- ७ बस्ने वर्ष ३१ को सुर्य थापा, धादिङ निलकण्ठ- ४ घर भई हाल कास्की पोखरा- ११बस्ने वर्ष ३७ को रमेश ठकुरी, कास्की पोखरा- १३ बस्ने वर्ष ४० को आशबहादुर गुरुङ, लमजुङ- १० घर भई हाल कास्की पोखरा- १० बस्ने वर्ष ४४ कमला गुरुङ रहेका छन्। उनीहरुकोसाथबाट प्रहरीले नगद १ लाख ७ हजार २५५ रुपैयाँ र २११ पत्ती तास बरामद गरेको छ।
उनीहरुविरुद्ध हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।