मोगादिसुमा दुई कार बम विस्फोटमा परी १०० जनाको मृत्यु
पोखरा
सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ ।
शनिबार शिक्षा मन्त्रालयबाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन् । राष्ट्रपति हसन शेख मोहम्मदले विस्फोट स्थलको भ्रमणपछि भने, ‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वास्थ्य बुबाहरू, पढ्न पठाइएका विद्यार्थीहरू, आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यवसायीहरूको दुःखद मृत्यु भएको छ ।’
आक्रमणको जिम्मा कुनै समूहले लिएको छ । तर आक्रमणमा मुस्लि लडाकु समूह अल सहबाबको संलग्नता रहेको राष्ट्रपतिले दाबी गरेका छन् । एजेन्सी