राष्ट्रिय एकता र सहकार्यको अभ्यासबाटै समृद्ध नेपालः प्रधानमन्त्री
६ भदौ, पोखरा । प्रधानमन्त्री के. पि. शर्मा ओलीले राष्ट्रिय एकता र सहकार्यको उच्चतम अभ्यासबाट मात्रै समृद्ध नेपालको सम्भव हुने बताएका छन् ।
बकर इद (इदुल जोहा) को अवसरमा शुभकामना जारी गर्ने क्रममा प्रधानमन्त्री ओलीले एकता र सहकार्यबाट नै समृद्ध नेपाल र समृद्धि नेपालीको सम्भव हुने बताएका छन् ।
शुभकामनामा जोड्दै उहाँले बहुसंस्कृत, बहुधार्मिक, बहुजाती र विविध परम्पराले भरिएको नेपालमा बकर इद पर्वले एकता र सहकार्यको बातावरणलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले बकर इदको अघिल्लो दिन १,१०० नेपाली मुसलमान हजमा सहभागी हुन लागेको कुराको जानकारी दिए ।