अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखा



पोखरा

अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको छ । अमेरिकाको उत्तर पश्चिमी मोन्टाना राज्यको आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको हो ।

अमेरिकी रक्षा अधिकारीले उक्त ‘उच्च उचाईमा रहेको जासुसी बेलुन’ चीनको भएको पुष्टि गरेका छन् । बीबीसीका अनुसार अमेरिकी सेनाले उक्त बेलुन जमिनमा खसाल्ने योजना नरहेको बताएको छ । जमिनमा भग्नावशेष खस्ने चिन्ताका कारण जमिनमा बेलुन खसाल्ने योजना नरहेको अमेरिकी अधिकारीको भनाइ छ । यता चिनियाँ पक्षले भने घटनाबारे विस्तृत विवरण आउनुअघि नै यसबारे टिकाटिप्पणी नगर्न आग्रह गरेको छ । अमेरिकाको उत्तरी छिमेकी मुलुक क्यानाडाले पनि जासुसी बेलुन फेला पारेको र यसबारे अमेरिकालाई जानकारी गराएको उल्लेख गरेको छ ।

अमेरिकी अधिकारीका अनुसार अमेरिकाको अलास्का राज्यको एल्युसिन टापु समूहबाट उडाइएको उक्त बेलुन क्यानाडाको आकाश हुँदै मोन्टाना पुगेको हो । ह्वाइट हाउसले निर्देशन दिएको खण्डमा उक्त बेलुन खसाल्न एफ २२ लगायत लडाकु विमान तयारी अवस्थामा राखेको अमेरिकी सेनाले जनाएको छ ।

अत्यन्त न्यून जनसङ्ख्या रहेको मोन्टाना राज्यका तीन क्षेत्रमा अमेरिकाले आणविक क्षेप्यास्त्र भण्डारण गरेर राखेको बताइन्छ । मोन्टानाको माल्मस्ट्रोम एअर फोर्स बेसमा रहेका आणविक क्षेप्यास्त्र भण्डारणको गोप्य एवम् संवेदनशील जानकारी हासिल गर्न उक्त बेलुन उडाइएको हुनसक्ने अमेरिकी अधिकारीको अनुमान छ । व्यवसायिक विमान उड्ने उचाईभन्दा धेरै माथि रहेका कारण उक्त बेलुनबाट हवाई क्षेत्रमा भने कुनै खतरा नरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja