सरकारद्वारा पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमा समावेश 



पोखरा

सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमै समावेश गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको बताएकी छन् ।

२०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा बिदा व्यवस्थित गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् । सरकारले गत पुस २७ र फागुन १ मा सार्वजनिक बिदा दिएको थियो । गत फागुन १ गते दिएको जनयुद्ध दिवसको बिदा विवादित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja